दैलेख । दैलेखको आठविस नगरपालिकाको रार्कमकर्णालीमा देउसी–भैलो खेल्ने क्रममा दुई समूहबीच विवाद हुँदा झडप भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार, सामान्य विवादकै कारण दुई पक्षबीच झगडा भएको हो ।
सूत्रहरूका अनुसार, देउसी खेलिरहेकी एक केटीलाई जिस्क्याउने विषयले विवाद चर्किएको हो । इलाका प्रहरीका अनुसार राकमको स्थिति अहिले सामान्य छ, र प्रहरी कार्यालयमा आक्रमण गर्न खोजेका तीन जनालाई नियन्त्रणमा लिइएको छ ।
प्रहरीका अनुसार, झडपमा दुवै समूहका चार पाँच जना सामान्य घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी सुनिल दाहालले देउसी खेल्दा विवाद हुँदा केही सामान्य घाइते भएको र तीन जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।






