वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकास्थित पोखरीको किनारमा एक किशोरीको शव फेला परेको छ । शनिबार बिहान बहुदरमाई नगरपालिका ८ रामनगरी टोलको पोखरी नजिक उक्त शव देखिएको हो ।
प्रहरीका अनुसार मृतक १७ वर्षीय निजमा सहनी सोही क्षेत्रकी बासिन्दा हुन् । शव फेला परेको जानकारी प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय पोखरियाबाट टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरीले शवलाई नियन्त्रणमा लिई पोष्टमार्टमको लागि नारायणी अस्पताल, वीरगञ्जमा पठाएको छ । किशोरीको मृत्युको कारण अझै स्पष्ट भएको छैन र घटनाको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।




