रौतहट । रौतहटबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पेस्तोल र गोलीसहित पक्राउ पर्नेमा भारत बिहारको समस्तीपुरमा ४२ वर्षीय राजेश सिंह रहेका छन् ।
उनलाई सोमबार बिहान चेकजाँचको क्रममा रौतहटको राजदेवी नगरपालिका ९ ब्रहमपुरी टोलबाट पेस्तोल र गोलीसहित सशस्त्र प्रहरी बेलबिछवाको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका सिंहको साथबाट एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने आठ एमएमको तीन थान गोली र एक राउण्ड खोका बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ परेका सिंहलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइने सशस्त्र प्रहरीले जानकारी दिएको छ ।




