सर्लाही । इश्वरपुर नगरपालिका १२ स्थित बगुवा खोलाबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्रामसहित २० वर्षीय पालदेन योन्जनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय केशरगंज र अस्थायी प्रहरी पोष्ट कालिन्जोर घारिबथानबाट खटिएको प्रहरी टोलीले बा प्र ०२-०२४ प २७६७ नम्बरको मोटरसाइकलमा सवार योन्जनलाई उक्त गाँजासहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले सो गाँजा र मोटरसाइकललाई जफत गरेको छ र घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।






