बारा । बारामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा थप दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा वीरगंज महानगरपालिका १९ बिन्दवासनीका २० वर्षीय राज मियाँ रहेका छन् ।
दुर्घटनामा सोही स्थानका १७ वर्षीया महबुब मियाँ र १६ वर्षीय बिक्की यादव घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पथलैयाबाट वीरगंज आउने क्रममा जीतपुर सिमरा उपमहानगरपालिका १० नितनपुर चोक अगाडि मधेश प्रदेश ०३–०२८ प ३९०९ नम्बरको मोटरसाइकल बिहिबार अनियन्त्रित भएर रेलिङमा ठोक्किँएको थियो ।
एल एस न्युरो अस्पतालमा उपचारको क्रममा मियाँको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । घाइते महबुबको टाउकोमा चोट लागेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




