सर्लाही । इलाका प्रहरी कार्यालय हरिवनको हिरासतबाट शनिबार दिउँसो फरार भएका थुनुवा रामअयोधी मुखियालाई पक्राउ गरिएको छ । बरहथवा नगरपालिका ९ मूर्तिया निवासी मुखियालाई हरिवन नगरपालिका ६ चार्ली नयाँ बस्ती घुर्कौलीमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
थुनुवा फरारको घटनापछि जिल्ला प्रहरी कार्यालयले हरिवन इलाका प्रहरी कार्यालयका ४ जना सुरक्षाकर्मीलाई अनुसन्धानका लागि जिल्ला तानेको थियो । हरिवन प्रहरीका अनुसार, मुखिया लागूऔषध मुद्दामा पटक पटक पक्राउ परेका अभियुक्त हुन् ।
उनी सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा रहेका थिए र कार्तिक ४ गते ६ किलो गाँजासहित पक्राउ परेका थिए ।




