पर्सा । वीरगंज महानगरपालिका १४ गण्डक चेक पोष्टस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ हजार २ सय एम्पुल, फेनारगन १ हजार १ सय ८५ एम्पुल र नुर्फिन १ हजार १ सय ९५ एम्पुलसहित सोही महानगरपालिका २५ बस्ने २३ वर्षीय राज महम्द देवानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २६६६ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






