सिरहा । हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमाथि निर्माणाधीन पक्की पुल सञ्चालनमा नआउँदै बाढीले क्षति पुगेपछि यात्रुहरूले अस्थायी बाँसको पुलमार्फत आवतजावत गरिरहेका छन् ।
सिरहा नगरपालिकाको पहलमा बनाइएको यो बाँसको अस्थायी पुलले सर्वसाधारणको आवतजावतलाई सहज बनाएको छ । स्थायी पुलको निर्माण पूरा नहुँदा स्थानीयवासी र यात्रुहरूलाई आवतजावतमा कठिनाइ हुँदै आएको थियो, तर अस्थायी पुल निर्माण भएपछि उनीहरूलाई सुविधा मिलेको छ ।
स्थानीय निकायले अस्थायी पुल बनाउँदा यात्रुहरूले जोखिम मोलेर नदी पार गर्नुपर्ने स्थिति हटेको छ । बाढीले क्षति पुर्याएको पक्की पुल मर्मत र सञ्चालनमा अझै समय लाग्ने भएकाले अस्थायी पुल नै तत्कालका लागि सुरक्षित विकल्प भएको जनाइएको छ ।




