वीरगञ्ज । यात्रुहरूसँग तोकिएको भन्दा बढी भाडा असुलेको आरोपमा प्रहरीले वीरगञ्जबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरूमा वीरगञ्ज महानगरपालिका ९ का ६५ वर्षीय अशोक गुप्ता र वडा नम्बर १८ का ४० वर्षीय विजय साह रहेका छन् ।
वीरगञ्ज बसपार्कमा सार्वजनिक बस, हाइस र सुमोमा यात्रुहरूसँग बढिमा भाडा लिएको सूचना प्राप्त भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पर्साका प्रहरी प्रवक्ता डिएसपी दीपक भारतीका अनुसार दुवै जनालाई लामो दूरीका सवारीसाधन छुट्ने काउन्टरबाट नियन्त्रणमा लिइएको हो, र थप अनुसन्धान भइरहेको छ ।




