काठमाडौं । तराई क्षेत्रमा आज बिहानको समयमा कमजोर दृश्यता (भिजिबिलिटी) का कारण उडान प्रभावित भएको छ । भैरहवा, भरतपुर र सिमरामा बाक्लो हुस्सु लाग्नाले विमान सेवाहरूमा समस्या उत्पन्न भएको हो ।
बुद्ध एयरका अनुसार, यसरी प्रभावित भएको क्षेत्र तराईका तीन विमानस्थल रहेका छन् । यद्यपि, पोखरामा उडानहरू सामान्य रूपमा सञ्चालन भइरहेको जानकारी प्राप्त भएको छ ।




