सिरहा । कमला नदीमा नुहाउने क्रममा बगेर हराएका २ किशोर मृत अवस्थामा फेला परेका छन् । उनीहरु सिरहाका छुट्टाछुट्टै स्थानबाट बगेका थिए ।
बसविट्टास्थित कमला नदीमा नुहाउने क्रममा शुक्रबार बेपत्ता भएका सिरहा नगरपालिका १५ का १४ वर्षीय अभिषेक यादवको शव हुलाकी सडक अन्तर्गत निर्माणाधीन कमला नदीको पुलदेखि करिब पाँच सय मिटर दक्षिणपट्टि फेला परेको छ ।
शुक्रबार नै सिरहाको कर्जन्हा नगरपालिका १ उत्तरवाहिनीमा कमला नदीमा नुहाउने क्रममा बेपता भएका सिरहाकै मिर्चैया नगरपालिका ५ का र १५ वर्षीय लक्ष्मण कुमार साहको शव पनि आइतबार नै फेला परेको छ ।
लक्ष्मणसँगै नुहाउने क्रममा बगेका १६ वर्षीय रोशन मण्डलको शव शुक्रबार नै नदीमा फेला परेको थियो । कात्तिक शुक्ल पूर्णिमामा कमला नदीमा नुहाउँदा पुण्य मिल्ने धारणा छ । त्यहाँ भूत मेला समेत लाग्ने गरेको छ ।




