सर्लाही । सर्लाहीमा खाना पकाउने क्रममा आगलागीबाट घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका ६ धन्जोरटोलकी ३८ वर्षीया नैमुन खातुन गत कार्तिक २५ गते खाना बनाउने क्रममा ग्यास सिलिन्डर लिक भएर आगलागीमा परेकी थिइन् ।
उक्त घटनामा उनकी १९ वर्षीया छोरी पनि गम्भीर घाइते भएकी थिइन् । प्रारम्भिक उपचारपछि दुवैलाई चितवनको भरतपुर अस्पताल पठाइएको थियो । उपचारको क्रममा सोमबार खातुनको निधन भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
छोरी भने उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किसकेकी छन् । घटना स्थानीयबासी र परिवारका लागि गहिरो दुःखको कारण बनेको छ ।




