सप्तरी । सप्तरी प्रहरीले सोमबार राति बालुवा र गिटी बोकेको ट्रकबाट १७ क्विन्टल लागूऔषध गाँजा बरामद गरेको छ । राजगढ गाउँपालिका ४ मा ट्रकको तल बालुवा राखेर भारततर्फ तस्करी गर्न लागेको अवस्थामा प्रहरीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा गाँजा फेला परेको हो ।
सप्तरी प्रहरीले बताएअनुसार पहाडी जिल्लाबाट गाँजा ल्याएर सप्तरीमा भण्डारण गरी बालुवा, गिटी वा डुंगामा लुकाएर भारततर्फ तस्करी गर्ने गिरोह सक्रिय रहेको छ । प्रहरीले पहिलो पटक यति ठूलो मात्रामा (१७ क्विन्टल) गाँजा नियन्त्रणमा लिएको हो । प्रहरीले यस बारे मंगलबार पत्रकार सम्मेलन गरी थप विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।




