पर्सा । वीरगंज महानगरपालिका १६ शंकराचार्य गेटबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ६ सय ४० ग्रामसहित भारत बेतिया सुगौली ८ बस्ने २० वर्षीय साहेब आलमलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले नेपालबाट भारत रक्सौलतर्फ जाँदै गरेका उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




