कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित ७७ वर्षीय वृद्ध पक्राउ परेका छन् । भीमदत्त नगरपालिका ५ बनगाउँका ७७ वर्षीय पिउठ बोहरा लागूऔषधसहित पक्राउ परेका हुन् ।
दुई किलोग्राम चरेसहित बुधबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनको गोठ तलासी गर्दा लुकाइराखेको अवस्थामा लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।




