काठमाडौं । कास्की प्रहरीले बालबालिकालाई बन्धक बनाउँदै यौनशोषणमा संलग्न गराउने तीन जनालाई पक्राउ गरेको छ । यस क्रममा चार बालिकालाई उद्दार गरिएको छ ।
पक्राउ परेकाहरूमा गोरखा पालुङ्टार गाउँपालिका ४ स्थायी घर भई हाल पोखराको लेकसाइडमा बस्दै आएकी १९ वर्षीया ममता तामाङ, मकवानपुर बागमती गाउँपालिका ८ की २३ वर्षीया रिना तामाङ र पूर्वी नवलपरासी मध्यबिन्धु नगरपालिका १० स्थायी घर भएकी १९ वर्षीया जस्मिन ठकुरी रहेकी छन् ।
ती व्यक्तिहरूले बालिकाहरूलाई राम्रो जागिर र आकर्षक तलबको प्रलोभन देखाएर फकाएका थिए । उनीहरूलाई कोठा बाहिर जान समेत रोक लगाई जबरजस्ती परपुरुषसँग शारीरिक सम्बन्ध राख्न बाध्य बनाएको प्रहरीको भनाइ छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






