काठमाडौं । साउन ३१ गतेदेखि सुरु हुन लागेको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गर्दै परीक्षा तालिका सार्वजनिक गरेको हो ।
परीक्षा ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बाेर्डले जनाएकाे छ । परीक्षा सय पूर्णांककै हुनेछ । गत जेठ २६ गते तय भएको परीक्षा कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलन थालेपछि स्थगित भएको थियो । यो वर्ष तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेका छन् ।







