धनुषा । धनुषाको लक्ष्मीनिया गाउँपालिकाका वृद्धवृद्धाले असार महिना यतादेखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् । गाउँपालिकाको गाउँसभा हुन नसक्दा खातासम्म सञ्चालन नभएकाले भत्ता वितरण रोकिएको हो ।
वृद्धवृद्धाले असार यताको भत्ता नपाउँदा आर्थिक समस्यामा परेका छन् । स्थानीय एक वृद्धाले भत्ता नपाउँदा दैनिक जीवनयापनमा कठिनाइ भएको बताउँदै गुनासो गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे ।
यस्तै अर्का एक वृद्धले छोराछोरीबाट खर्च नपाउने र पालिकाबाट पनि भत्ता नपाउँदा ठूलो समस्यामा परेको बताए । भत्ताको भरमा आफ्नो खर्च चलाउँदै आएका उनीहरूले असारपछि भत्ता पाउन नसकेको बताए ।
गाउँपालिकाको वडा कार्यालयका एक अधिकारीले प्रमुख प्रशासकीय अधिकृतको असक्षमताका कारण गाउँसभा नहुँदा खातासम्म सञ्चालन नभएको र यसले कर्मचारीको तलबसमेत रोकिएको जानकारी दिए ।
यसै समस्यालाई लिएर स्थानीय जनप्रतिनिधि र नागरिक समाजले गाउँपालिकाको कार्यालयमा पुगेर दबाबमूलक कार्यक्रम समेत गरेका छन् ।




