सर्लाही । सर्लाहीको लालबन्दीमा मोटरसाइकल दुर्घटना हुँदा ५० वर्षीय राजन तिमिल्सिना घाइते भएका छन् । शुक्रबार राति साढे ८ बजेतिर परवानीपुरबाट रानीगन्ज जाँदै गरेको ज १० प ५०६४ नम्बरको मोटरसाइकल रानीगन्जस्थित भित्री सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो ।
घटनामा घाइते तिमिल्सिनालाई लालबन्दी नगर अस्पतालमा उपचारका लागि लगिएको इलाका प्रहरी कार्यालय, लालबन्दीले जनाएको छ । दुर्घटनामा तिमिल्सिनाको अनुहारमा चोट लागेको बताइएको छ ।




