सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । लालबन्दी नगरपालिका ४ करैया निवासी ५५ वर्षीय धयनवा चौधरी तरकारी बजार नजिकै रहेको पाकर गाछीको चौतारामा मृत फेला परेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक चौधरीको शरीरमा कुनै चोट पटक देखिएको छैन । घटना बारे थप अनुसन्धान गर्न शवलाई पोस्टमार्टमका लागि मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।




