धनुषा । धनुषामा उखु बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । ढल्केबरबाट सिरहा जाँदै गरेको ज १ त ४११६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा चालक, महोत्तरी भंगहा ४ का २८ वर्षीय सुनिल दासको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका दासलाई उपचारका लागि लालगढ मोडेल हस्पिटलमा लगिए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




