सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका १ धनगढीस्थित गोपाल साहको गोठमा बुधबार राति लागेको आगोले तीन वटा गोठ जलेर नष्ट भएको छ । गोपाल साहको गोठबाट फैलिएको आगोले सोही ठाउँका हिराई साह र जगदिश साहका गोठमा पनि क्षति पुर्याएको हो ।
आगलागीका कारण तीनवटा गोठ पूर्ण रूपमा जलेर करिब ४ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगो स्थानीय बासिन्दा र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ । घटनाको कारण बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।






