महोत्तरी । महोत्तरीको मनरासिस्वा नगरपालिका ९ बथनाहा गाउँबाट शनिबार बिहान करिब ५ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी बथनाहाबाट खटिएको टोलीले बीआर ०६ सिएन ७५२८ नम्बरको मोटरसाइकलको तलासी गर्दा बोरामा लुकाइएको गाँजा फेला पारेको हो ।
मोटरसाइकल चालक भने घटनास्थलबाट फरार भएका छन् । फरार चालकको खोजी भइरहेको र यस प्रकरणमा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।




