रौतहट । गढीमाई नगरपालिका ९ स्थित राम प्रसाद ठाकुरको अवधेश समिल फर्निचर उद्योगको स्टोरमा आइतबार बिहान विद्युत सर्ट हुँदा आगलागी भएको छ ।
आगलागीका कारण करिब ९ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय बासिन्दा र दमकलको मद्दतले आगो नियन्त्रणमा ल्याइएको छ । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




