कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारबाट शनिबार दिउँसो ११ ग्राम ८ सय ३० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने अवैध लागूऔषधसहित २ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्ने व्यक्तिहरू भारत उत्तराखण्ड उधमसिंहनगर खटिमा बस्ने २७ वर्षीय सलमान शाह र २४ वर्षीय प्रभजोत सिंह खिंडा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरबाट खटिएको टोलीले २ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले युपि ०६ बिडि ८८०२ नम्बरको मोटरसाइकलमा सवार ती व्यक्तिहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




