सिराहा । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका ५ पथरगाढामा आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । ४५ वर्षीय रघुनाथ यादवको घरमा आइतबार दिउँसो आगलागी भएको थियो ।
आगलागीले घर तथा घरभित्र रहेका नगद र जिन्सी सामान पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । आगलागीको कारण बारे थप अनुसन्धान भइरहेको छ । स्थानीय बासिन्दाले आगलागी नियन्त्रणमा सहयोग गरेका थिए ।




