सर्लाही । सर्लाहीको बागमती नगरपालिका ७ निमिचोकबाट सोमबार बिहान लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले तीन जनालाई पक्राउ गरेको हो ।
प्रहरीले ३५ वर्षीय मोहनबहादुर योञ्जनको घर तलासी गर्ने क्रममा नियन्त्रित लागूऔषध ओनेरेक्स १ सय मिलिलिटरका ७ बोतल र कोडेडाइल–टी १ सय मिलिलिटरका ३ बोतल फेला पारेको छ ।
लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिनुका साथै उनीहरूले प्रयोग गरेका दुई थान मोटरसाइकल पनि बरामद गरिएको छ । यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




