काठमाडौं । कोरोना भाइरसको महामारीको दोस्रो लहर चलिरहँदा समेत अझै नियन्त्रणमा आउन सकेको छैन । विश्वभर कोरोना संक्रमितको संख्या १९ करोड ३४ लाख भन्दा बढी छ भने ४१ लाख ५१ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा हालसम्म ३ करोड ५२ लाख १३ हजार ५ सय ९४ जना संक्रमित भएकोमा ६ लाख २६ हजार १ सय ७२ जनाको ज्यान गएको छ ।
कोरोनाबाट प्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या ३ करोड १२ लाख ९१ हजार ७ सय ४ पुगेको छ । भारतमा ज्यान गुमाउनेको संख्या ४ लाख १९ हजार ५ सय २ पुगेको छ ।
यस्तै तेस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना संक्रमितको संख्या १ करोड ९५ लाख २४ हजार ९२ जना संक्रमित भएका छन् भने ज्यान गुमाउनेको ५ लाख ४७ हजार १ सय ३४ रहेको छ ।
यस्तै कोरोनाबाट बढी प्रभावित देशको सूचीमा रुस चौथो, फ्रान्स पाँचौँ, बेलायत छैठौँ, तर्की सातौँ, अर्जेन्टिना आठौँ, कोलम्विया नवौँ र इटाली दशौँ स्थानमा रहेको छ ।
वर्ल्डोमिटरको तथ्याक अनुसार कोरोना संक्रमितको संख्याको आधारमा नेपाल ३९ औँ स्थानमा रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ७४ हजार ७ सय २६ पुगेको छ भने ९ हजार ६ सय ६१ जनाको ज्यान गइसकेको छ ।






