बारा । निजगढ नगरपालिका ९ स्थित सहिद चोकमा रहेको बजाज कम्पनीको मोटरसाइकल सर्भिसिङ सेन्टरमा शुक्रबार साँझ आगलागी भएको छ ।
आगलागीका कारण मोटरसाइकलका विभिन्न पार्टपुर्जा र मोबिल जलेर क्षति भएको छ । आगलागी कसरी सुरु भयो भन्ने विषयमा हालसम्म खुल्न सकेको छैन ।
स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । क्षतिको विस्तृत विवरण र आगलागीको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।






