वीरगञ्ज । वीरगञ्ज महानगरपालिका २२ जगरनाथपुर निवासी बिगा राउत (यादव) को खेतमा थुपारीमा राखिएको धानमा गएराति आगलागी हुँदा करिब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
आगलागी नियन्त्रण गर्न स्थानीय बासिन्दा र दमकलले ठूलो प्रयास गरेका थिए । घटनामा कुनै मानवीय क्षति नभए पनि आर्थिक रूपमा ठूलो क्षति भएको बताइएको छ । पर्सा प्रहरीले आगलागीको कारण बारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।






