सर्लाही । बरहथवा नगरपालिका ७ स्थित तरकारी बजारमा शनिबार राति आगलागी हुँदा दुई पसल जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
आगोको चपेटामा परेर सोही नगरपालिका ७ बनटोल निवासी ३७ वर्षीय ललन कुमार दासको घुम्ती पसल आंशिक रूपमा जलेको छ । साथै, घुम्ती पसलसँगै रहेको कस्मेटिक पसल पूर्ण रूपमा नष्ट भएको छ ।
प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो नियन्त्रणमा लिइएको भएपनि ठूलो धनमालको क्षति भएको छ । आगलागीको कारण र क्षतिको विस्तृत विवरण बारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।




