बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ सखुवाघाट लामा टोल बस्ने ३० वर्षीय सुरेश लामाको भान्सा घर र गोठमा शनिबार राति आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
आगलागीको जानकारी प्राप्त भएपछि स्थानीय बासिन्दा र दमकलको सहयोगले आगो नियन्त्रणमा लिइएको छ । घटना बारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।






