पर्सा । वीरगंज महानगरपालिका १७ स्थित अलौं चोकको न्यू ओम खाद्य उद्योगको कम्पाउण्डमा सोमबार राति आगलागी भएको छ । उक्त आगलागीबाट उद्योगमा जडान गरिएको जेनेरेटर र बोइलर प्यानल पूर्णरूपमा जलेर नष्ट भएका छन् ।
आगलागीको कारण र क्षतिको पूर्ण विवरण भने अहिले सम्म खुलाइएको छैन । स्थानीय बासिन्दा र दमकलको सहायतामा आगो नियन्त्रणमा लिन सफल भएपनि आगलागीबाट के कति क्षति भएको भन्ने थाहा नभएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान अघि बढाएको छ र आगलागीको कारण पत्ता लगाउन प्रयास गरिरहेको छ ।




