महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिका ६ सम्सी चोकस्थित सडकमा बिहीबार राति प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सम्सी गाउँपालिका ५ संग्रामपुरका एक व्यक्ति र काभ्रेको नमोबुद्ध नगरपालिका ५ भकुण्डेबेसीका २४ वर्षीय एक युवा रहेका छन् ।
उनीहरूलाई नाइट्राभेट ५७ ट्याब्लेट र कार्टस्पास ८ ट्याब्लेटसहित सम्सीबाट गौशालातर्फ जाँदै गरेको ज १ ह ३९३१ नम्बरको अटोमा सवार अवस्थामा पक्राउ गरिएको हो । प्रहरी चौकी सम्सीबाट खटिएको टोलीले उक्त लागूऔषध बरामद गरेपछि पक्राउ गरिएको हो । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




