धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका ३ स्थित सडकमा बिहीबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सु प प्र ०१२ प ९४१६ नम्बरको मोटरसाइकलले सु प ०१-०१२ प ७११ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बाजुराको बडिमालिका नगरपालिका ७ का ३० वर्षीय धर्म खत्रीको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको मायामेट्रो अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी, सोही मोटरसाइकलकी चालक पनि घाइते भएकी छन् र उनको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि सु प प्र ०१२ प ९४१६ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




