कञ्चनपुर । भिमदत्त नगरपालिका ७ खैरेनीस्थित निर्माणाधीन घरमा काम गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृतक कैलालीको लम्कीचुहा नगरपालिका ४ की २८ वर्षीया मनीका कठरीया हुन् ।
बिहीबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर हुँदै थप उपचारका लागि धनगढीको नवजीवन अस्पताल लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको छ ।




