कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय (जिप्रका) कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ आफैँमाथि गोली प्रहार गरेका छन् । साँझ करिब ७ बजेतिर कार्यालयभित्रै गोली चलाउँदा न्यौपानेको टाउकोमा गम्भीर चोट लागेको कञ्चनपुर प्रहरीका प्रवक्ता डिएसपी उमेशराज जोशीले जानकारी दिए ।
घाइते न्यौपानेलाई महेन्द्रनगरस्थित महाकाली अस्पतालमा प्रारम्भिक उपचारका लागि लगिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढी रिफर गरिएको डिएसपी जोशीले बताए ।
‘उहाँले किन आफैँमाथि गोली चलाउनुभयो भन्ने कारण अहिले सम्म खुलेको छैन । यस बारे अनुसन्धान गरिरहेका छौँ,’ जोशीले भने । अछाम घर भएका ३० वर्षीय प्रहरी जवान न्यौपाने केही समयदेखि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत थिए । घटनाको थप अनुसन्धान भइरहेको छ ।




