इलाम । इलामको सन्दकपुर गाउँपालिका ३, ताल गाउँमा शनिबार बिहान आगलागी हुँदा घरसहित डेरी व्यवसायमा ठूलो क्षति भएको छ । ४४ वर्षीय सागर खतिवडाको घरमा सञ्चालनमा रहेको अनुकुल दुध डेरीमा आगलागी हुँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा र डेरी उपकरणसहित करिब ३० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको इलाम प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिन सफल भए पनि ठूलो आर्थिक क्षति भएको छ । आगलागीको कारण बारे अझै स्पष्ट नभएको र यस सम्बन्धमा प्रहरीद्वारा आवश्यक अनुसन्धान भइरहेको छ । प्रहरीले यस्ता घटना प्रति सचेत रहन स्थानीयहरूलाई आग्रह गर्दै आगलागी रोकथामका उपायहरू अपनाउन सुझाव दिएको छ ।






