कैलाली । गोदावरी नगरपालिका २ बदनाम गल्लीबाट शनिबार साँझ नियन्त्रित लागूऔषध स्पास्मो ३६ ट्याब्लेटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका २ वनखेत निवासी २१ वर्षीय अमित शाकी र २५ वर्षीय बिरेन्द्र साउँद रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवै जनामाथि लागूऔषध ऐनअन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन र लागूऔषधको कारोबार तथा सेवनबाट टाढा रहन सबैलाई आग्रह गरेको छ ।




