सुनसरी । दुहबी नगरपालिका ३ मा डेरा गरी बस्ने गढी गाउँपालिका २ का २३ वर्षीय ओम चौधरी अवैध लागूऔषध गाँजा करिब १ किलोग्रामसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दुहबीको टोलीले मंगलबार बिहान चौधरीको कोठामा लुकाइ राखेको गाँजा बरामद गरेको हो ।
प्रहरीलाई चौधरीको कोठामा गाँजा लुकाइ राखिएको भन्ने सूचनाको आधारमा तलासी गर्दा लागूऔषध फेला परेको बताइएको छ । गाँजा बरामद भएपछि चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दुहबीले जानकारी दिएको छ ।
प्रहरीले लागूऔषधको अवैध कारोबार र प्रयोग रोक्न कडाइका साथ अभियान सञ्चालन गरिरहेको जनाएको छ ।




