काठमाडौं । काठमाडौं महानगरपालिका १ दरबारमार्गस्थित कञ्चनजंगा कफी कम्पनीमा बिहीबार साँझ आगलागी भएको छ । उक्त कम्पनीका सञ्चालक टोखा नगरपालिका ७ का ३४ वर्षीय अञ्जन भण्डारी हुन् । आगलागीबाट भएको क्षतिको विवरण हालसम्म खुल्न सकेको छैन ।
त्यसैगरी, काठमाडौं महानगरपालिका १५, बनस्थली ढुङ्गेधारास्थित ढुङ्गेधारा मिनी मार्केट प्रालिको टहरोमा शुक्रबार बिहान आगलागी भएको छ । तरकारी बजारमा भएको यस आगलागीले टहरो, मसला, तरकारी र १ थान मोटरसाइकल समेत जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिन सफल भएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




