बारा । निजगढ नगरपालिका वडा नम्बर ८ बाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्रामसहित चितवन राप्ती नगरपालिका वडा नम्बर १२ का ३६ वर्षीय भीमबहादुर तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
ना ३९ प १२६७ नम्बरको मोटरसाइकलमा सवार तामाङलाई निजगढ क्षेत्रमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उक्त गाँजासहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले लागूऔषध नियन्त्रण सम्बन्धी कानून उल्लंघनमा संलग्न भएको आशंकामा तामाङलाई पक्राउ गरेको र यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।




