सप्तरी । सप्तरीको सुरुंगा नगरपालिका ४ मधुपट्टीस्थित महेन्द्र सदाको घरमा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा सदा सहित ४ जनाको ४ वटा घर पूर्ण रूपमा जलेर करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिन सफल भएपनि आगलागीका कारण ठूलो मात्रामा धनजनको क्षति भएको छ । प्रहरीले आगलागीको घटना बारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




