सुर्खेत । सुर्खेतका ३७ वर्षीय किसान चिन्तामणी चापाइ अहिले गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका छन् । घाटीमा अचानक समस्या देखिएपछि उनलाई केही पनि खान सक्ने अवस्था छैन । हाल उनी सुर्खेत प्रदेश अस्पतालमा उपचाररत छन् । डाक्टरले उनलाई काठमाडौंमा थप उपचारको लागि रिफर गर्न सल्लाह दिएका छन् । तर, चापाइको परिवार आर्थिक संकटमा परेको छ ।
परिवारको कमजोर आर्थिक अवस्थाका कारण काठमाडौंमा उपचारको खर्च व्यहोर्न असमर्थ रहेका छन् । यस कठिन परिस्थितिमा चापाइको परिवारले सहयोगको लागि सबै शुभचिन्तकहरूलाई अपिल गरेको छ । चिन्तामणी चापाइको उपचारमा सहयोग गर्न इच्छुक व्यक्तिहरूले आर्थिक सहयोग गरेर उनको जीवन रक्षा गर्न महत्वपूर्ण योगदान दिन सक्नुहुन्छ । तपाईंको सानो सहयोगले उनलाई नयाँ जीवन दिन सक्छ ।
सहयोगको विवरण:
सम्पर्क व्यक्ति:
बहिनी गीता आचार्य: 9767896883
मामा राम प्रसाद पोख्रेल: 9863505919
सहयोग गर्न सकिने माध्यमहरू:
Esewa: 9863505919 (RAM PRASAD POKHREL)
Global IME Bank: 31507010008144 (RAM PRASAD POKHREL)






