वीरगंज । पोखरिया नगरपालिका ८ जगतपुरका ८० वर्षीय रामजान देवानको हत्या अभियोगमा उनकी २० वर्षीया छोरी खुश्बु खातुन र १८ वर्षीय छोरा प्रहरीको नियन्त्रणमा परेका छन् ।
घरायसी विवादका क्रममा सोमबार राति रामजानलाई कुटपिट गरिएको थियो । गम्भीर घाइते भएका रामजानको वीरगंज हेल्थ केयर हुँदै न्यूरो अस्पताल, वीरगंजमा मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।
घटना भएको जानकारी पाएपछि वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले खुश्बु खातुन र उनका भाइलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूविरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
घटनाले स्थानीय बासिन्दालाई स्तब्ध बनाएको छ भने थप अनुसन्धानले घटनाको वास्तविकता सार्वजनिक हुने अपेक्षा गरिएको छ ।




