रौतहट । वृन्दावन नगरपालिका ३, विश्रामपुरकी ७० वर्षीया राजकुमारी देवी साहको गए राति आगोले जलेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा घुरको आगो ताप्ने क्रममा साडीमा आगो सल्किँदा उनी गम्भीर रूपमा घाइते भएकी थिइन् ।
प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि कीर्तिपुर अस्पताल ल्याइएको थियो, जहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।
यस घटनामा प्रहरीद्वारा आवश्यक अनुसन्धान गरि रहेको जनाएको छ । स्थानीय बासिन्दाले जाडो मौसममा यस्ता घटनाबाट बच्न सावधानी अपनाउन आग्रह गरेका छन् ।




