रौतहट । चालकको लापरवाहीका कारण रौतहटस्थित ११ हजार भेल्टेजको हाई टेन्सन तारबाट करेन्ट लागेर मालवाहक टिपरमा आगलागी भई पुर्ण रुपमा क्षती भएको छ । टिपर चालक गम्भीर घाइते भएका छन् ।
बिहिबार विहान ८ बजेको जिल्लाको पूर्विभेग वृन्दावन नगरपालिका ४ स्थित क्रशर उद्योगमा लु १ त २८४९ नम्बरको टिपर बालुवा झार्ने क्रममा ११ हजार भोल्ट भएको तारबाट करेन्ट लागेर टिपरमा आगलागी हुँदा पूर्ण रुपमा क्षतिग्रस्त भएको हो ।
टिपरका चालक जयप्रकाश सहनी करेन्ट लागेर गम्भीर घाइते भएका छन् । उनको गरुडा स्थित एउटा निजी अस्पतालमा उपचार भइरहेको तथा अवस्था खतरामुक्त रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताए ।
डिएसपी कार्कीका अनुसार टिपरबाट बालुवा झार्न माथि उठाएको ट्रली तल नझारी फर्काउने क्रममा माथिको हाइटेन्सन तारमा छोएर दुर्घटना भएको थियो । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय, गरुडाले जनाएको छ ।






