काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४२१ जना कोभिड-१९ संक्रमित थपिएका छन् । जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा मात्र ६७७ जनामा नयाँ संक्रमित थपिएका छन् । हाल देशभर २७ हजार ९ सय ८ जना संक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ जिल्लामा एक जना मात्र संक्रमित थपिएका छन् भने ३६ जिल्लामा १० जना भन्दा कम संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
म्याग्दी, जुम्ला, मुगु, रुकुम पश्चिम, सल्यान, हुम्ला, बझाङ र बैतडी जिल्लामा एक जना मात्र संक्रमित थपिएका छन् । हालसम्म नेपालमा ९ हजार ७३८ जनाले ज्यान गुमाइसकेका छन् ।
त्यस्तै, १० भन्दा कम संख्यामा संक्रमित थपिएका जिल्लाहरुमा उदयपुरमा ७, ओखलढुंगामा ३, खोटाङमा ५, ताप्लेजुङमा ३, तेहथुममा २, पाँचथरमा ३, भोजपुरमा ३, सोलुखुम्बुमा ३, संखुवासभामा ६, धनुषामा ९, पर्सामा २, बारामा २, महोत्तरी ३, रौतहटमा ७, सप्तरीमा ६, दोलखामा २ र रसुवामा ४ जना रहेका छन् ।
त्यसैगरी सर्लाहीमा ९, सिरहामा ३, सिन्धुलीमा ४, गोरखामा ८, तनहुँमा ५, पर्वतमा २, मुस्ताङमा २, लमजुङमा ६, स्याङजामा ५, कपिलवस्तुमा ७, गुल्मीमा ८, प्युठानमा ३, बर्दियामा ४, बाँकेमा ८, रोल्पामा ६, अछाममा २, कञ्चनपुरमा २, कैलालीमा ५ र डडेल्धुरामा ३ जना रहेका छन् ।






