बारा । बाराको आदर्शकोतवाल गाउँपालिका ६ पटेर्वास्थित वडा कार्यालयमा गएराति आगलागी हुँदा कार्यालयका विभिन्न सामग्री जलेर नष्ट भएका छन् ।
आगलागीका कारण कार्यालयभित्र रहेका प्रिन्टर १ थान, टेबुल १ थान, झ्याल १ वटा, ईनभटर १ थान, डिजिटल ल्याप्चे १ वटा र वाईफाई राउटर १ थान गरी करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागी नियन्त्रणका लागि स्थानीय वासिन्दा र दमकलको टोलीले संयुक्त प्रयास गरेका थिए । आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
स्थानीय प्रशासनले यस घटनाले वडा कार्यालयको सेवा प्रवाहमा असर पर्न सक्ने भएकाले चाँडै नै आवश्यक व्यवस्थापन गर्ने योजना बनाएको जनाएको छ ।




