पर्सा । पर्साको पोखरिया नगरपालिका ९, बैरिया निवासी राजकुमार मुखियाको घरमा अटो रिक्सा चार्ज गर्ने क्रममा विद्युत सर्ट भई आगलागी हुँदा करिब ६ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीका अनुसार, म प्र ०३-००१ ह १३३९ नम्बरको अटो रिक्सा चार्ज गर्ने क्रममा गए राति विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट अटो रिक्सा, एक थान साइकल, अन्नपात तथा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
घटनाको जानकारी पाएलगत्तै स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




